टी२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दै

काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दै छ।

नेपालले टी२० विश्वकपमा १० वर्षपछि खेल्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा खेलेको थियो । अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल र नेदरल्याण्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेदरल्याण्ड्स टी२० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो । यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो।

विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन्। नेपालको समूहमा टेस्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । त्यस्तै समूह ‘डी’मा नै रहेको दक्षिण अफ्रिकाले श्रीलंकालाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *