डीएभीमा दुई दिने इन्भेस्टिचर सेरेमोनी र स्पोटर्स डे

काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्व भारती विद्यालयमा २ दिने इन्भेस्टिचर सेरेमोनी र स्पोटर्स डे सम्पन्न भएको छ । १९ र २० जेठमा सशस्त्र प्रहरी मुख्यालयको एपीएफ स्टेडियम हलचोकमा आयोजना भएको कार्यक्रममा शैक्षिक सत्र २०२४।२५ का निर्वाचित प्रिफेक्ट काउन्सिलका विद्यार्थीलाई विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् । साथै प्रिफेक्ट काउन्सिलका सदस्यहरूलाई पोर्टफोलियो अनुसारका ब्याच प्रदान गरिएको थियो । डीएभी विद्यालयले आफ्नो परम्परालाई निरन्तरता दिँदै प्रहरी वरिष्ठ महानिरीक्षक कुलबहादुर नेम्वाङलाई ‘गार्ड अफ अनर’ सम्मान दिएको छ । कार्यक्रमको मुख्य आकर्षकको रूपमा हेरिएको अन्तर सदन मार्च पास प्रतिस्पर्धामा माउन्ट माछापुच्छ्रे सदनले प्रथम स्थान हासिल गर्दै वेस्ट मार्च पास ट्रफी हात पार्‍यो ।

डीएभी विद्यालयको नेतृत्व विकासका विभिन्न कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको इन्भेस्टिचर सेरेमोनी एक प्रतिष्ठित कार्यक्रम हो । शैक्षिक सत्र २०२३।२४ को जुनियर स्कुलको वेस्ट हाउस ट्रफी माउन्ट लोत्से सदनले हात पार्‍यो भने मिडल र सिनीयर स्कुलतर्फको वेस्ट हाउस ट्रफी दुवै माउन्ट माछापुच्छ्रे सदनले जित्न सफल भयो । विद्यार्थीलाई ओर्चेस्ट्रा, टर्च र्‍याली, मार्च पास, सांस्कृतिक नृत्य, एरोबिक डान्स, योगा डान्स, जुम्बा डान्स, ड्रिल फर्मेसन, पिटी ड्रिल लगायतका कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरिएको थियो । विद्यालयले यसै वर्षदेखि स्पोर्ट्स डेलाई समेत इन्भेस्टिचर सेरेमोनीमा समायोजन गर्दै विभिन्न प्रकारका दौड प्रतियोगिताहरू समेत सञ्चालन गरेको थियो । स्पोर्टस् डे को अवसर पारी ४०० मिटर रिले रेस, पिग्गि ब्याक र त्रिपल लेग रेस मा सहभागी भएका सिनियर र मिडल स्कुलका दुई सय विजेता विद्यार्थीलाई गोल्ड, सिल्भर र ब्रोन्ज मेडलले सम्मान गरिएको थियो । सोही संख्यामा जुनियर र किनडरगार्डेन तहका विजेता विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यार्थीसँगै विभिन्न प्रतिस्पर्धामा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्ने २६ जना अभिभावकलाई समेत सम्मान गरिएको थियो । विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न आ–आफ्नो भूमिका र जिम्मेवारीमा रहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेकी थिइन् । कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश पाण्डे र राष्ट्रिय महिला फुटबल टिमकी पूर्व खेलाडी सावित्रा भण्डारी, डीएभी विद्यालयका अध्यक्ष अनिल केडिया लगायतको उपस्थित रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *