नेपाली क्रिकेट टोलीको जर्सी लगाएर संसद पुगे सांसदहरु

काठमाडौँ । सत्तारुढदल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् ।

टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टिमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् । बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ ।

समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *