बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन एमाले सांसदको आग्रह

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दैगर्दा एमाले सांसद भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।

उनले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लैजादै हुनुहुन्छ जस्ता प्रश्न गरेका छन् ।

उनले भने- ‘एमाले सबै प्रकरणमा छानबिन गर्न तयार छ ।’ आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको सांसद भट्टराईको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *