सुनको मुल्यमा नयाँ किर्तिमान कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ ।

आज मंगलबार १ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *