सेयर बजार सामान्य अंकले बड्यो

काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेको छ ।

नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा कायम भएको छ । आज ३१५ कम्पनिको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा सीएचडीएच हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रहेको छ ।

आज सबैभन्दा बढीबुद्ध भुमि नेपाल हाइड्रोको ५.५१ प्रतिशत मुल्य घटेको छ भने इस्टर्न हाइड्रोको ४.६८ प्रतिशतले घटेको छ । त्यस्तै आज १० वटा उपसमूहको सूचक बढ्दा ३ वटा समूहको उपसूचक भने नकारात्मक देखिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *