अन्तरदेशीय विवाह पितृसत्तालाई मन परेको छैन ः गृहमन्त्री लामिछाने

काठमाडौं । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन् । उनले अन्तरदेशीय विवाह पितृसत्तालाई मन नपरेको बताए । प्रेम र विवाह गर्ने कुरा नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरुले सम्मान गर्नुपर्ने लामिछानेको भनाइ छ । आज देश विदेश फैलिएर अन्तरदेशीय विवाह पनि हुने गरेको छ । तर पितृ सत्तालाई यो मन परेको छैन । त्यसैले कयौं टिप्पणीहरु आउने गरेका छन् ।

शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भीर आपत्ति जनाएका छौं । ‘तपाईंले कसलाई माया गर्ने, कोसित विवाह गर्ने, तपाईको व्यक्तिगत जीवन कस्तो हुने भन्नेकुरा तपाईको निर्णय हो, मात्र तपाईको । अरु कसैको निर्णय होइन । केही दिनअघि शिक्षक प्रतिनिधिसँगको भेटमा र गत शनिबार सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विदेशी नागरिकसँग गरेको विवाहलाई लिएर टिप्पणी गरेका थिए । माइती गाउँ घुम्न आएको बेला चुनाव हुन लागेको, त्यहाँ समानुपातिक पद्धतिबाट सांसद छानिएको र अहिले मन्त्री बनेको ओलीले टिप्पणी गरेका थिए । ओलीले गरेको टिप्पणीप्रति शिक्षामन्त्रीले पनि बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिवाद गरेकी छन् । उनले लेखेकी छन्, ‘के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ र? अहिलेसम्म पुस्तौंदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *