चाबहिलमा पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाउँदा ५ जना घाइते

काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सरस्वतीनगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाउँदा अन्य ५ जना घाइते भएका छन् । बुधबार ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफ्नो शरीरमा आगो लगाउँदा उनीसहित परिवारका ५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् ।
घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले बताए । घरायसी झगडा र मादक पदार्थ सेवन गरेर सिंहले घरमै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनु्सार बुवाले छर्केको पेट्रोलका कारण शरीर जलेर उनका २४ र १६ वर्षका दुई छोरी गम्भीर घाइते भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *