भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११:३० मा बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् । भारतमा जुन ८ तारिखसम्म मोदी नै कामचलाउ प्रधानमन्त्री रहनेछन्। जुन ८ मा त्यहाँ भारतमा नयाँ सरकार गठन हुनेछ । भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउन सकेको छैन । तर भाजपा नेतृत्वको एनडिएले २९३ सिट जितेको छ।

बहुमत र सरकार गठनका लागि २७२ सिट आवश्यक हुन्छ। विपक्षी गठबन्धन इन्डियाले २३४ सिट जितेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *