वुलिङको विंगो कार किन्न नबिल बैंकले ९.९९ प्रतिशतमै ऋण दिने

काठमाडौं । नेपालमा विद्युतीय गाडी वुलिङको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले ग्राहकहरुलाई उत्कृष्ट वित्तिय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ । वुलिङ विंगो इभिमा रुचि राख्ने नेपाली ग्राहकहरुको पहुँचमा पुर्याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ। बैंक र पारामाउन्ट मोटर्सबीच भएको सम्झौता अनुसार गाडी किन्न बैंकले ५ वर्षसम्म परिवर्तन नहुनेगरी ९.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको हो । त्यसैगरी, गाडी किन्ने मासिले ७ वर्षे अवधिको अपरिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा १०.४९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् ।

साथै, परिवर्तन हुने ब्याजदरमा रहेर कर्जा लिने ग्राहकले बैंकको बेस रेटमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम तिर्नेगरी कर्जा लिन सक्नेछन् । विंगो कारमा ब्यक्तिगत कर्जा लिँदा ८० प्रतिशतसम्म र फर्म वा कम्पनीको लागि ७० प्रतिशतसम्म ब्याजदर लाग्ने कम्पनीले जनाएको छ । बैंक र आयातकर्ता कम्पनी बीचको सम्झौताले विंगो ह्याचव्याक कार किन्ने ग्राहकले सहजै कर्जा सुविधा पाउने अवस्था बनेको हो । विलिङ विंगो सिंगल चार्जमा झण्डै ३३० किलोमिटर सीएलटीसी रेन्ज प्रमाणित भएको कार हो । निकै क्लासिकल डिजाइनमा तयार भएको कारमा थुप्रै आधुनिक फिचरहरु पाउन सकिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *