सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ ः उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने

काठमाडौं । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको गुनासो गरेका छन् । उनले धेरै सहकारी पीडितको बचत फिर्ता गराउन र सहकारी समस्याको समाधान गर्न आफूले पहल गरे पनि सहकारी ठगको ट्याग लगाइएको गुनासो गरेका हुन् । ‘सहकारी पीडितहरुका लागि कैयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो ।

कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ । मेरो भाग्य यस्तै छ, उनले भने । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूलाई अनावश्यक रूपमा आरोपित गरेको जिकिर गरे । ‘नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकि जीवनभर त्यसैको पक्षमा लडिरहें ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *