जसपा नेपालमा जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने सुझाव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मले पारित भएको छ । कुल ३१ पृष्ठको प्रतिवेदनमा विभिन्न राजनीति दल तथा समसामयिक विषयमा बोलिएको छ । प्रतिवेदनमा सीके राउत नेतृत्वको जनमत पार्टीबारे बोलिएको छैन । तर, जनमतलाई मुख्य शत्रु तोक्न सुझाव आएको छ ।

जसपा नेपालमाथि मात्रै खनिने र आक्रमण गर्दै आएको जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने, सुझावमा भनिएको छ । पूर्वी नेपालमा पहिचानमा आधारित प्रदेश निर्माण र कोसी नाम खारेजीका लागि आन्दोलन घोषणा गर्नुपर्ने पनि सुझाव आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *