पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो ।

जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला सुनाएको छ । जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने उल्लेख गरिएको छ। जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो । सर्वोच्च अदालतको आदेशले यसअघि नै पिडक थुनामा छन् ।

उनले गत वैशाख ३ मा जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर भएपछि उनको न्यायाधीश पदसमेत गुमेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *