नेपाल इन्जुरी समयमा सम्हालिन नसक्दा जितबाट वञ्चित

काठमाडौं । नेपाल फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा इन्जुरी समयमा सम्हालिन नसक्दा यमनसँग २–२ को बराबरीमा रोकिएको छ । मंगलबार राति साउदी अरेबियामा भएको खेलको इन्जुरी समयअघिसम्म नेपालले २–१ को अग्रता बनाएको थियो । तर, इन्जुरी समयमा गोल व्यहोरेपछि नेपाल छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा जित निकाल्नबाट चुकेको हो । खेलको नवौँ मिनेटमा अल गहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । तर, यमनको यो अग्रता लामो समय भने टिक्न पाएन ।

२२औँ मिनेटमा सञ्जिव विष्टले यमनी रक्षकबाट भएको गल्तीको फाइदा उठाउँदै नेपाललाई १–१ को बराबरीमा फर्काएका थिए । ६६औँ मिनेटमा जिलेस्पीजंग कार्कीले हेडर गोल गर्दै नेपाललाई २–१ को अग्रतामा राखेका थिए । नेपालले यो अग्रता निर्धारित ९० मिनेटको खेलसम्म कायम राखेका थियो । तर, इन्जुरी समयमा अल दाहीले गोल गरेपछि यमन खेलमा फर्किएको हो । नेपालले छनोटको दोस्रो चरणमा गोल गरेको यो पहिलो पटक हो । यसअघि पाँच खेल खेल्दासम्म नेपाल गोलविहीन र अंकविहीन थियो । अन्तिम खेलमा बराबरीको नजिता निकाले पनि नेपालले छनोटको दोस्रो चरण अन्तिम स्थानमा रहँदै खेल टुंग्याएको छ । नेपालले दोस्रो चरणमा २० गोल व्यहोर्दा दुई गोलमात्र गर्न सफल भएको हो । यो खेलसँगै नेपालका कप्तान किरणकुमार लिम्बूले राष्ट्रिय टिमबाट १०० क्यापसमेत जितेका थिए । सन् २००८ मा राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरेका किरण त्यसयता टिममा निरन्तर छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *