नवकान्तिपुर सहकारीको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १, २, ३, ४, ५ र ३० क्षेत्रबाट प्रतिनिधीमुलक ढंगबाट सदस्य सहभागितासहित विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उल्लेखित क्षेत्रका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनमा रहनुभएका पदाधिकारीहरुले सदस्यहरुसंग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रमका प्रमुख प्रशिक्षक, राष्ट्रिय सहकारी बैंक लिमिटेडका तालिम अधिकृत नवकुमार अधिकारीले सहकारीको विकासक्रम, सहकारीको मूल्य, मान्यता र सिद्धान्त, संस्था सञ्चालनमा सदस्यहरुको भूमिका, संस्थाका सञ्चालक हरुले संस्थामा पुर्याउनुपर्ने योगदानको बारेमा चर्चा गरेका थिए । साथै प्रशिक्षक अधिकारीले बचतको महत्व तथा यसको परिचालन र ऋणको परिचालन सहित उद्यमशिलतामा सदस्यले खेल्न सक्ने भूमिका लगायतका बिषयमा सदस्यहरुलाई वित्तीय शिक्षा प्रदान गरेका थिए । कार्यक्रममा संस्थाका महाप्रवन्धक हरिप्रसाद पाण्डेले संस्थाको २०८१ वैशाख मसान्त सम्मको तुलनात्मक वित्तीय विवरण सदस्यहरुमाझ प्रस्तुत गर्दै संस्थाका विभिन्न सेवाहरुको बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *