राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौं प्रशासनको अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फारम भरेर त्यहाँ तोकिएको समयमा मात्रै कार्यालय आउन अनुरोध गरेको छ । सहज सेवाका लागि अनलाइन फारम भरेर तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन कार्यालयले अनुरोध गरेको हो ।

काठमाडौंलगायत २८ जिल्लामा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लागेको छ । भीड ख्याल गरेर असक्त, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीका लागि कार्यालयले अतिरिक्त दर्ता स्टेसन बनाएर काम गरिरहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *