एकीकृत समाजवादीमा केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था

काठमाण्डौं । एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ। सचिवालय बैठकले यसअघि गरेको व्यवस्था उल्ट्याउँदै केन्द्रीय कमिटी र आयोगका सदस्य आ–आफ्ना क्षेत्रबाट चुनिएर आउनुनपर्ने व्यवस्था गरेको हो। यसअघि विधान अधिवेशनमा केन्द्रीय अध्यक्षदेखि सदस्यसम्म तलैबाट चुनिएर महाधिवेशन प्रतिनिधि आउने निर्णय भएको थियो। ‘त्यसो गर्दा व्यवस्थापन हुन कठिन हुने भएकाले यसअघि गरेभन्दा फरक व्यवस्था गरिएको छ। अब केन्द्रीय कमिटी र निर्वाचन, लेखा, अनुशासन आयोगका सदस्यहरू पनि स्वतः प्रतिनिधि हुनेछन्, प्रवक्ता समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले भने।

अहिले एकीकृत समाजवादीमा केन्द्रीय कमिटी र आयोगका सदस्य गरी ४४७ जना छन्। महाधिवेशनका लागि १२५ सदस्य बराबर एक जना प्रतिनिधि निर्वाचित हुने पनि सचिवालय बैठकले निर्णय गरेको छ । केन्द्रीय कमिटी, केन्द्रीय आयोग, भूगोल र गैरभौगोलिक कमिटीबाट गरी कूल एक हजार ८७१ जना प्रतिनिधि संख्या हुने खतिवडाले बताए। यसैबीच एकीकृत समाजवादीले आगामी असार ५ गते देशभर एकैदिन प्रतिनिधि छनोट गर्दैछ। एकीकृत समाजवादीको दसौं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। अधिवेशनबाट १९९ सदस्यीय कमिटी निर्वाचित गर्ने भनिए पनि संख्या बढ्न सक्ने नेताहरूले बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *