एनआईसी एशिया बैंकले घटायो ब्याजदर

काठमाण्डौं । एनआईसी एशिया बैंकले असार १ गतेदेखि लागू हुने गरि शुक्रबार नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । प्रकाशित विवरण अनुसार कम्पनीले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ । गत जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर चाहिं ७.८० थियो । कम्पनीले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत,१ वर्षका लागि ७ प्रतिशत,१ वर्षदेखि २ वर्षमुनिका लागि ७ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्ष मुनिका लागि ७.२५ प्रतिशत ५ वर्ष र सोभन्दा माथिका लागि ७.६९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यसका साथै कम्पनीले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । कम्पनीले असार महिनाका लागि संस्थागत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ६.६९ प्रतिशत प्रदान गर्ने भएको छ । जेठ महिनामा भने कम्पनीले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.८० प्रतिशत ब्याज दिएको थियो । यसैगरी,कम्पनीले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ५.३५ प्रतिशत, १ वर्षका लागि ५.९० प्रतिशत,१ वर्षमाथि देखि ५ वर्ष मुनिसम्म ६ प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिका लागि ६.६९ प्रतिशत ब्याजदर कायम गरेको छ। अधिकांश वाणिज्य बैंकले असार महिनाका लागि ब्याजदर घटाएका छन् । १९ वटा वाणिज्य बैंकहरुले शुक्रबार ब्याजदर सम्बन्धि सूचना प्रकाशित गरेका छन् । ती बैंकमध्ये ११ वटा बैंकको ब्याजदर घटेको छ त्यस्तै पाँच वटा बैंकको भने स्थिर छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *