कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो , २० जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान दुई सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । पाँचजनाको अवस्था गम्भीर छ । नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको वाग्मती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किँदा बस नदी किनारमा खसेको हो ।

कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एक प्रत्यक्षदर्शीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार, कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ यात्री सवार थिए । बसका सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबै यात्रीलाई उपचारका निम्ति चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *