जेनेभा पुगे राष्ट्रपति पौडेल, भोलि जर्मनी जादै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् ।

उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा  दूतावासका कर्मचारीले स्वागत गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन् । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने खबर आएको छ ।

नेपालाई जर्मनीले कृषि, सहरी विकास, फोहर–मैला व्यवस्थापन, साना तथा घरेलु उद्यम विकास, गरिवी निवारण, भैतिक पूर्वाधर, विद्युत प्रसारण लाइन, जलविद्युत आयोजना, नवीकरणीय उर्जा, शिक्षा, स्वास्थ्य, वातारण संरक्षण र मानवीय सहायता उपलब्ध गराउँदै आएको छ । जर्मनीबाट नेपालमा कृषि, पर्यटन, नवीकरणीय उर्जा, पूर्वाधार विकास, खाद्यान्न प्रशोधन, सूचना प्रविधि, शिक्षा र यातायातका क्षेत्रमा लगानी भित्रयाउन सकिने सम्भावना रहेको सरकारी अधिकारीको भनाई छ । जर्मनी दक्ष र व्यवसायिक जनशक्तिका लागि वैदेशिक रोजारीको अवसर प्राप्त गर्ने आकर्षण गन्तव्यकारुपमा रहने आँकलन गरिएको छ । जर्मनीमा करिब १५ हजार बढी नेपाली अध्ययन र विभिन्न पेशा व्यवसायमा संलग्न भएको छ । उनीहरुले जनस्तरको सम्बन्धलाई समेत प्रगाढ तुल्याउन योगदान दिइरहेका छन् ।

राष्ट्रपतिका साथ उनकी पत्नी सविता पौडेल छिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहेका छन् ।

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किन्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *