डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर

काठमाडौं । आईसीसी पुरुष टी २० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोली शनिबार बिहान ५ः१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ र आसाढ ३ गते बिहान ५ः१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ । यी दुई खेलहरुको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ । डिशहोम फाइबरनेटकोले आज दिउसो २ बजे “ईतिहास रच्न तयार गोर्खाली” शीर्षकमा यो ७२ घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सन्जाल (फेसबुक) मार्फत गरेको हो ।

रिचार्ज गर्नको लागि ग्राहकहरुले आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नु हुनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । थप जानकारीको लागि ग्राहकवर्गले ९८०१५४४००० मा संपर्क गर्न सक्नु हुनेछ । यो विशेष ७२ घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *