‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुल्यो

काठमाडौं । भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने ‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुला भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले एक सूचना जारी गर्दै बिहीबारदेखि स्टल बुकिङ खुलाएको हो । नाडाले स्टल बुकिङका लागि जेठ ३१ देखि आसार ५ गतेसम्मको समय तोकेको छ । तोकिएको समयमा परेको आवेदनहरूबाट लक्की ड्र गरि बुथरब्लक छनोट गरिने नाडाले जनाएको छ ।

प्रदर्शनीमा दुई पांग्रे, चार पांग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले जनाएको छ । सोमबार बसेको नाडाको कार्यसमिति बैठकले भदौ ११ गतेदेखि नाडा अटो एक्सपो २०२४ गर्ने निर्णय गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *