प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । लेखकले प्रधानमन्त्री संसदमा नआएको बताउदै सरकारले संसदको गरिमालाई कम्जोर बनाएको भन्दै आपत्ति जनाएका छन् । उनले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफुहरुले जवाफ माग गरेको तर प्रधानमन्त्री संसदमा नै नआएको बताए ।

उनले सरकारले संसदको अपमान गरेको बताउदै संसद चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जादा संसदलाई जानकारी गराउनुपर्ने स्मरण गराए । प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफुहरुले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको बताए । लेखकले संसद्को अर्को बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण बारे जानकारी गराउन माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *