वाणिज्य बैंकको ब्याजदर घट्यो

काठमाण्डौं । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। शुक्रबार प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर जेठ महिनाको तुलनामा सामान्य घटेको देखिएको छ।औसतलाई आधार मान्दा ती बैंकहरुको ब्याजदर ०.१४ विन्दुले घटेको पाइएको छ। औसतमा व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर ६.८६ प्रतिशत कायम भएको छ । जेठमा औसत ब्याजदर ७ प्रतिशत थियो।

अधिकांश वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये ११ वटाले व्याक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । जसमध्ये ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएको छ । साविक ७.५० प्रतिशत ब्याज दिंदै आएको ग्लोबलले असारका लागि ६.५० प्रतिशतमा झारेको छ । यसैगरी, एभरेष्ट बैंकले ५.७५, लक्ष्मी सनराईज बैंकले ६.५० र कुमारी बैंकले ६.७६ प्रतिशत ब्याजदर घटाएका छ्न् । त्यसो त प्रभु, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ र नेपाल बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिंदै स्थिर राखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *