जर्मनीले स्कटल्याण्डलाई ५ १ ले पराजित

काठमाडौं । आयोजक जर्मनीले युरो २०२४ मा शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५ १ ले पराजित गरेमो छ । म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे । खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जमाल मुसिएलाले १९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश खेलाडीमा समेटिएको थियो । जर्मनीका इल्के गुन्डागोनजलाई राएनले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले राएनलाई रातो कार्ड देखाउँदै जर्मनीलाई पेनाल्टी दिएका थिए ।

त्यसमा काई हाभार्ट्जले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै ३ ० को अग्रता दिलाए । स्कटल्याण्ड दश खेलाडीमा रहेको फाइदा उठाउँदै जर्मनीले दोस्रो हाफमा दुई गोल थप्यो । निकलस फुलकर्कले ६८औं मिनेटमा जर्मद्दीका लागि चौथो गोल गर्दा इम्रे चानले इन्जुरी टाइममा गोल थपे । स्कटल्याण्डका लागि जर्मनीकै एन्टोनी रुडिगरले ६७औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । युरो २०२४ मा आज समूह चरणका तीन खेल हुनेछन् । जसमा समूह एमा रहेका हंगेरी र स्विट्जरल्याण्डबीच नेपाली समय अनुसार साँझ ६ः४५ बजे खेल हुनेछ । यस्तै समूह बी मा रहेका स्पेन र क्रोएसियाबीच राति ९ः४५ बजे खेल हुनेछ भने र समूह बी कै इटली र ल्वानियाबीच मध्यराति १२ः४५ बजे खेल हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *