लर्डबुद्ध एजुकेशनका अध्यक्ष जालान चेम्बर स्टार्टअप समितिको सभापतिमा चयन

काठमाण्डौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन् । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जालानलाई उद्यमशीलता एवं नवप्रवर्द्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन् । जालान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य समेत हुन्।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सूचना प्रविधिको विकास मार्फत युवा उद्यमशीलता प्रवर्द्धन गर्दै आएको छ । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले पढ्दै कमाउँद नीतिलाई अङ्गीकार समेत गर्दै आएको छ ।यस्तै स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले विभिन्न क्षेत्रमा पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *