शिवम् सिमेन्टको शिवम् कीर्ति समारोह भव्य रुपमा सम्पन्‍न

काठमाडौं । शिवम् सिमेन्टले “शिवम् कीर्ति समारोह २०८१” भव्य रुपमा सम्पन्न गरेको छ । पाँच वर्षको अन्तरालपछि “उडान –समृद्धि र सहयात्राको” शीर्षकमा समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरुमध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डबाट सम्मान गरेको थियो । जस अन्तर्गत शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुरस्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेसनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिल कुमार सिंह र शिवम नेसनल सिल्भर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वर प्रसाद गुप्ताले जितेका छन् । यस्तै शिवम् सिमेन्टका सर्वोउत्कृष्ट विक्रेता अन्तर्गत शिवम चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका छन् ।

रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेसनल अन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिइएको थियो । सबै अवार्डमा उत्कृष्टमध्येका सर्वोत्कृष्ट चार डिलरहरुलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिल्भर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको छ । समारोहलाई सम्बोधन गर्दै कम्पनीका उपाध्यक्ष निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरुले देखाएको धैर्यता र ऐक्यवद्धतालाई आधार मानेर यी अवार्ड दिइएको जानकारी दिए । समारोहमा नेपालका चर्चित कलाकारहरु साथै भारतका ख्यातिप्राप्त कलाकारहरु कृष्ण अभिषेक र सुदेश लेहरीले बेजोड मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । देशभरका वितरक तथा विक्रेताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा मन्तव्य राख्दै शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सद्भाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीहरुलाई थप ऊर्जा र हौसला प्रदान गर्ने धारणा राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *