हिमालयन बैंकको त्रिपुरेश्वर शाखा थापाथलीमा स्थानान्तरण

काठमाण्डौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका ११, थापाथलीमा स्थानान्तरण गरेको छ । कम्पनीले उक्त शाखा असार २ गतेदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन् ।

यसैगरी, कम्पनीले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका १ मेन रोड नारायणगढबाट असार २ गतेदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ । हाल कम्पनीले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *