कर्मचारीको मोटोपना घटाउन कम्पनीको अनौठो कार्यक्रम

संसारमा स्वस्थ रहन को नै पो नचाहला र ? जो कोही पनि स्लिम, ट्रिम तथा फिट देखिन चाहन्छ। तथापि दिनभर घर परिवार तथा जागिर, व्यवसायको व्यस्तताका बीच आफ्नो स्वास्थ्यको ख्याल गर्नका लागि हामीले खासै फुर्सद पाउँदैनौं । कामकाजीका लागि प्रायः यस्तो स्थिति आउँछ कि नचाहँदा नचाहँदै पनि बाहिरको खानेकुरा खानुपर्छ । यस्तोमा यदि तपाईंको अफिसले नै तपाईंलाई स्वस्थ राख्नका लागि सहयोग गर्‍यो भने त्यो सुनमा सुगन्ध हुन्छ । कर्मचारीको यही अपेक्षालाई चीनको एउटा कम्पनीले पूरा गरेको छ। चीनको एक प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरुको वजन कम गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि कम्पनीले करिब डेढ लाख अमेरिकी डलर बराबरको कोष नै खडा गरेको छ । Insta360नामक उक्त कम्पनी चीनको दक्षिणी गुआंगडोंग प्राप्तस्थित शेन्जेन सहरमा रहेको छ । कम्पनीले गतवर्षको सुरुवातमा स्लिमिंग इनिसिएटिभ नामक उक्त कार्यक्रमको सुरुवात गरेको हो । उक्त कार्यक्रमका लागि निकै धेरै कर्मचारीले आवेदन गर्न थालेसँगै कम्पनीले त्यसका लागि मोटोपनाबाट ग्रस्त मानिसहरुलाई प्राथमिकता दिएको छ । हरेक सिबिरमा सदस्यहरूलाई तीनवटा समूहमा बाँडिएको छ जसमा दुईवटा समूहमा १० १० जना छन् भने तेस्रोमा पाँचजना छन् । उनीहरूको सबैको हरेक हप्ता वजन लिने गरिन्छ । उक्त समूहका सदस्यहरुले औसतमा आधा केजी वजन घटाएबापत ४०० युआन पुरस्कार दिइन्छ। तर, यदि समूहका कुनै सदस्यको वजन बढ्यो भने कसैलाई पनि बोनस दिइँदैन र प्रत्येक सदस्यमाथि ५ सय युआन जरिवाना लगाइनेछ । समाचार अनुसार उक्त कार्यक्रम सुरु भएको तीन महिनाको अवधिमा हालसम्म शिविरमा रहेका कुनै पनि कर्मचारीको वजन बढेको छैन । ली नामका एकजना कर्मचारीका अनुसार समूह निर्माणले कर्मचारीहरुमा एउटा नैतिक आयाम पनि थपिरहेको छ । उनीहरूले आफ्ना सहकर्मीहरूलाई हराउन चाहँदैनन् । किनकि यदि तपाईं दुब्लाउन सक्नुभएन भने तपाईं आफूले मात्र होइन आफ्नो समूहका अरुले पाउने बोनसमा पनि असर पार्नुहुनेछ । ली ले हरेक दिन कामपछि दौडिने, पौडिने तथा बास्केटबल खेल्ने जस्ता शारीरिक व्यायाम गर्दछन् । तीन महिनाको अवधिमा उनले साडे १७ केजी वजन घटाएर ७ हजार ४१० युआन पुरस्कार जिते । उनी भन्छन् वजन कम गरेपछि म निकै राम्रो स्थितिमा छु। मेरो भुँडी घटेको छ । मैले निकै हलुका महसुस गरेको छु । कम्पनीको यस्तो पहललाई लिएर सोसल मिडियामा निकै प्रशंसा भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *