गाजर खाए जस्तै गरी सर्प खाएपछि

विश्वमा भियतनाम, चीन लगायत केही यस्ता देश पनि छन् जहाँ सर्पको मासु खाइन्छ । गाजर वा मुला जस्तै गरी काँच्चै सर्प खाएको भनेर कसैले भन्यो भने तपाई पत्याउनु हुन्छ कि हुन्छ रु इन्ष्टाग्राममा यस्तै एउटा भिडियो भाइरल भइरहेको छ । एक युवती सर्पलाई गाजर खाए जस्तै गरी चपाएर खाइरहेकी छिन् । भाइरल भइरहेको यो भिडियो इन्ष्टाग्राममा शेयर गरिएको छ । यो भिडियोमा युवतीको अगाडि अगाडि एउटा प्लेट छ । त्यसमा केही सर्पहरू राखिएका छन् । युवतीले प्लेटबाट एउटा सर्पलाई हातमा उठाउँछिन् । सर्पको टाउको हल्लिएको देखिन्छ ।

युवती जिउँदो सर्पलाई खान थाल्छिन् । भिडियो दक्षिण कोरियाको हो । युवतिले सर्पको मुख लुछेर चपाउँदै खाइरहेकी छिन् । यो भिडियो सामाजिक सञ्जालमा शेयर हुने बित्तिकै भाइरल भएको छ । भिडियोको क्याप्सन ‘सर्प’ लेखिएको छ । अहिलेसम्म यो भिडियोलाई इन्ष्टाग्राम मा १ करोड ३१ लाखभन्दा बढी पटक हेरिएको छ । यो भिडियो पोस्टलाई १ लाखभन्दा बढीले लाइक गरेका छन् भने हजारौँले सेयर पनि गरेका छन् । भिडियोमा झन्डै १४ हजार कमेन्ट पनि आएको छ । धेरैले यो भिडियोको आलोचना गरेका छन् । कोहीले यस्तै मान्छेकै कारण नयाँ नयाँ भाइरस आएको भनेर गाली पनि गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *