टाटाको टियागो ईभीको मूल्य एक लाखले बढ्यो

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण टियागो ईभीको मूल्य बढेको बताएको छ । कम्पनीले विद्युतीय गाडी टियागोका सबै मोडलहरूमा एक लाख रुपैयाँ मूल्य वृद्धि भएको बताएको हो । यससँगै टियागो ईभी लङ रेञ्जको सुरुआती मूल्य २७ लाख ४९ हजार रुपैयाँ भएको छ ।

बजेट नीतिका कारण साढे दुई लाखदेखि तीनलाख रुपैयाँसम्म मूल्य बढ्ने भए पनि कम्पनीले ग्राहकहरूलाई पर्नजाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्यूनतम वृद्धि गरेको जनाएको छ । टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर एक ह्याचब्याक भएको कम्पनीको दाबी छ । हालसम्म यो टियागो ईभीका दुई हजारभन्दा बढी ग्राहक रहेको र यो संख्या उल्लेख्य रूपमा बढिरहेको कम्पनीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *