टोयोटा शोरुममा “एक्सपेरियन्स टोयटा” आयोजना, १२ वर्षसम्मको बैंकिङ फाइनान्स

काठमाण्डौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ देखि दुई दिन धुम्बाराहीस्थित आफ्नो टोयोटा शोरुममा “एक्सपेरियन्स टोयटा” आयोजना गरेको छ । २०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स,,बैंकिंग सुबिधा ( १२ वर्ष सम्म), रोड कर, विभिन्न उपहारहरु समेत पाउन सक्नेछन् ।

यसैगरी टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई विभिन्न सुबिधाको बारेमा जानकारी गराईने पनि कम्पनीले जनाएको छ । साथै, यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिङ फाईनान्सको पनि ब्यबस्था गरिएको छ । टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको विज्ञप्तिमा जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *