नेपाली बजारमा सुनको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य घटेको छ ।  पहेँलो धातुको मूल्य आज तोलामा छ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला  एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *