पेट्रोलियम ढुवानी मजदुरले आन्दोलन गरेपछि राजधानीमा पेट्रोलको अभाव

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरले आन्दोलन गरेपछि राजधानीमा पेट्रोलको अभाव देखिएको छ ।

मजदुरको आन्दोलनका कारण निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेर पेट्रोल पम्प बन्द गरेपछि सरकारी पम्पमा पेट्रोल भर्नेको भीड देखिएको छ । नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका थिए । यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो ।

चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पसम्म पुग्न सकेको छैन । ट्यांकर चालकको संघले विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टी बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो सवारीधनीलाई हस्तान्तरण गरेर विरोध कार्यक्रम सार्बजनिक गरेको थियो । सोहिकारण अहिले राजधानिमा पेट्रोलको अभाव भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *