सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आगलागीपीडितलाई वितरण गर्यो राहत सामग्री

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कम्पनीले विगत देखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ । सोही अनुरुप २०८१ साल वैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउँपालिका १ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई कम्पनीले आफ्नो लाहान स्थित शाखा कार्यालय मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख बरावरको खाद्यान्न लागायतका राहत सामग्रीहरु वितरण गरेको छ राहत वितरण असार १ गते कम्पनीको लाहान शाखाका शाखा प्रमुख तथा स्थानीयहरुको उपस्थितिमा गरेको कम्पनीको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *