सरकार र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीबीच सहमतिसँगै आपूर्ति सहज

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीबीच सहमति भएको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ ।

मन्त्रालयमा भएको छलफलमा नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको हो ।

पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए । मजदुरहरूले सबै ट्यांकर चालकरसहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोक अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *