२३ वर्षीय युवतीले गरिन् ८० वर्षको वृद्धसँग बिहे

बेइजिङ । चीनको हेपेई प्रान्तमा एक २३ वर्षीय युवतीले नर्सिङ होममा भेटेको ८० वर्षीय पुरुषसँग बिहे गरेपछि सामाजिक सञ्जालमा बहस चर्किएको छ । हेपेई प्रान्तको नर्सिङ होममा स्वयंसेवकको रूपमा काम गरिरहेको समयमा सियाओफाङ (छद्म नाम)ले लि (छद्म नाम)लाई भेटेकी थिइन् । लि सोही नर्सिङ गृहमा बस्दै आएका थिए । दुवैले एक अर्काको कयौँ रुचि र आनीबानी मिलेको पाए । समय बित्दै जाँदा मित्रता प्रेममा परिणत भयो । तर यो प्रेम सम्बन्धलाई युवतिको घरपरिवारले स्वीकार गरेन । हुन् पनि हजुरबुबाको उमेरका पुरुषलाई छोरीको प्रेमीको रूपमा स्वीकार गर्नु पनि कसरी ? तर युवतिले लिले वृद्धलाई छोड्न मानिन् । बरु उसले घरपरिवारसँग सबै सम्बन्ध तोडेर लिसँग बस्न थालिन् । दुवैले साधारण समारोहमा हालै बिहे पनि गरेका छन् । तर यो वैवाहिक समारोहमा बेहुला र बेहुली दुबै पक्षका कोही पनि सहभागी भएका थिएनन् । सियाओफाङ र लिको प्रेम कथाले अनलाइन गर्माएको छ । धेरैले युवतिलाई वृद्धाको पैसाका लागि बिहे गरेका भनिरहेका छन् । तर लि निकै बुढो र बारम्बार बिरामी पर्ने भएकोले युवति आफैँले काम गरेर दुवैको पेट भर्नु पर्ने स्थिति छ । केहीले भ्यु र अटेन्शनका लागि वयोवृद्धसँग बिहे गरेको पनि भनिरहेका छन् । सियाओफाङ बेला बेलामा सामाजिक सञ्जालमा आफू र लिको फोटो अनि भिडियोहरू पोस्ट गरिरहन्छिन् । उनीहरूको सम्बन्धबारे चिनियाँ समाज पनि विभाजित देखिन्छ । केहीले यसलाई उमेरले छेक्न नसकेको प्रेम सम्बन्ध भनेका छन् भने केही चाहिँ उमेर अन्तर अति नै धेरै भएको र उनीहरूबिचको प्रेम साँचो हुन नसक्ने बताइरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *