‘बन्दी’ हुनेभए सुशील पोख्रेल

काठमाडौँ । धेरै सफल चलचित्र बनाईसकेका निर्माता सुशील पोख्रेलले नयाँ चलचित्र ‘बन्दी’ बनाउने भएका छन् । बिगतमा ‘मैदान’, ‘जिवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘राधे’, ‘बडीगार्ड’, ‘लभसप’ र ‘यात्रा’ जस्ता सुपर हिट चलचित्र बनाईसकेका पोख्रेल नेपाली सिने आकाशमा निडर, खरो र सत्याबादी निर्माताका रुपमा चिनिन्छन । केही वर्षसम्म कुनै चलचित्र नबनाइ मौन बसेका पोख्रेलले गत मंगलबार ‘बन्दी’ चलचित्र बनाउने घोषणा गरेका छन ।

२०६२ सालको द्वन्दकालमा माओवादीहरुले बन्दी बनाईएका एक नेपाली सेनाको जीवनमा आधारित सत्य कथामा निर्माण हुने निर्माता पोख्रेलले बताएका छ्न । यो चलचित्रलाई निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने पक्का भएको छ । हाल यो चलचित्रको पटकथामा काम भइरहेको र केही महिनापछि छायांकन सुरु गर्ने तयारी निर्माण पक्षले गरेको छ । निर्देशक लक्ष्मणले यस अगाडी ‘बुलाकी’ चलचित्र निर्देशन गरेका थिए । हाल धमाधम कलाकार छ्नौटको काम भैईरहेको छ ।

सुशील देवकोटाले यो चलचित्रको कथा लेखिरहेका छन् । निर्माता सुशिलले सामाजिक संजालबाट यो चलचित्र निर्माण गर्न लागेको जानकारी दिएका हुन् । उनको यसअघिको पछिल्लो चलचित्र यात्रा रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *