मेटलाइफका ग्राहकलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवामा छुट

काठमाडौं । मेटलाइफ नेपालका ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवामा छुट हुने भएको छ । कम्पनीले मंगलबार प्रेस विज्ञप्ती मार्फत बीमा पोलीसी नवीकरण गर्दा डिजिटल लाइफ कार्ड सेवा प्रदान गर्ने व्यवस्था गरेको जानकारी दिएको छ । मेटलाइफ नेपालले ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न डिजाइन गरिएको एक विशेष अभियान सीमित अवधिको लागि सुरु गरेको घोषणा गरेको छ । यस अभियान अन्तर्गत सक्रिय ग्राहकहरुलाई डिजिटल लाइफ कार्ड सेवा तुरुन्त उपलब्ध गराइने जनाएको छ । कम्पनीका अनुुसार यो विशेष अफरको लागि योग्य हुन, मेटलाइफका ग्राहकहरूले आफ्नो कुनै पनि जीवन बीमा पोलीसीको असार ३१, २०८१ अघि आफ्नो बीमाशुल्क तिर्नु पर्नेछ ।

उनीहरूले वान बाई मेटलाइफ एपमा दर्ता र लग इन गरेर भुक्तानी गरेको भोलिपल्टै आफ्नो डिजिटल लाइफ कार्ड प्राप्त गर्न सक्नेछन् । यो सुविधाद्वारा ग्राहकहरूले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकताहरूलाई पूर्ति गर्न विभिन्न छुटहरुको फाइदा लिन सक्नेछन् । ‘लाइफ कार्डले ग्राहकहरूलाई अस्पताल, क्लिनिक, स्वास्थ संस्था र स्पा सहित १०० भन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरूमा छुट दिन्छ । यस पहलले मेटलाइफ नेपालको परम्परागत बीमा कभरेजभन्दा बाहिरका महत्त्वपूर्ण लाभहरू प्रदान गर्दै ग्राहकहरूलाई सुलभ रुपमा स्वास्थ सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *