समृद्धि फाइनान्स र क्यापिटल हस्पिटलबीच सम्झौता

काठमाण्डौं । समृद्धि फाइनान्स कम्पनीले मंगलबार काठमाडौंको बागबजारस्थित क्यापिटल हस्पिटलसँग समझदारी गरेको छ । सो समझदारीपत्रमा कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक प्रोफेसर डा. अशोकरत्न बज्राचार्यले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालहरुले असार १२ गतेदेखि २०८३ असार ११ गतेसम्म समृद्धि मोबाइल बैकिङ्ग र डेबिट कार्ड प्रयोग गरि उक्त अस्पतालबाट उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छूट पाउने छन् ।

यसप्रकारको सुविधाबाट सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ । फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटलबाट अर्थोपेडिकमा १०प्रतिशत,स्त्री रोगतर्फ १०प्रतिशत,सामान्य शल्यक्रिया (अपरेशन÷प्रक्रिया शुल्क)मा १०प्रतिशत,अल्ट्रा साउन्डमा १५ प्रतिशत,प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५ प्रतिशत,एक्स–रे मा २० प्रतिशत,फिजियोथेरापीमा १० प्रतिशत,फार्मेसीमा १० प्रतिशत र बेड चार्जमा १० प्रतिशत छूट प्राप्त गर्ने छन् । उक्त कम्पनीले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्गलगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै कम्पनीले मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु पनि निःशुल्क प्रदान गरिरहेको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *