पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडकमा सवारी साधनको आवागमन रोकिएको जानकारी दिए ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा दुबैतिरका सवारी साधन जाममा परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *