लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने समितिको निर्णय

काठमाडौं । सहकारी बचत रकम हिनामिना सम्बन्धन संसदीय छानबिन विशेष समितिले गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीहरूको कागजात झिकाउने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिको संयोजक सूर्य थापाका अनुसार सिंहदरबारमा बसेको समिति बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको हो । समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सम्दर्भमा सम्बन्धीत निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको थापाले जानकारी दिए ।

सहकारीहरुको साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण र अन्य आवश्यक बित्तिय बिबरणका साथै बिभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थीति समेत ६ वटा बुँदामा कागजात माग गर्ने निर्णय भएको संयोजक थापाले बताए । यसअघि गठन भएका बिभिन्न समिति, आयोग लगाएतको प्रतिवेदन प्राप्त भएको र अध्ययनका लागि समिति सदस्यहरुलाई बितरण गरिएको बताए । सभापति थापाले सहकारी छानबिनमा समग्ररुपमा अध्ययन गरिरहेको भन्दै निष्पक्ष रुपमा छानबिन प्रतिवद्धता जाहेर गरेका छन् ।

आजको बैठकमा विभिन्न सहकारी अभियन्ताहरूलाई पनि बोलाइएको थियो । समितिले उनीहरूसँग पनि छलफल गरेको थियो । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *