आज नेपाली बजारमा सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बिहिबार सुनको मुल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ ।  यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *