बागमती प्रदेशका बचत संघहरुले बुझाए सयुक्त ज्ञापनपत्र

काठमाण्डौं । बागमती प्रदेशका जिल्ला बचत तथा ऋण सहकारी संघहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै जिल्लास्तरीय संघहरुलाई अझ ज्ञापनप्रभावकारी र बलियो बनाएर लैजानुपर्नेमा राष्ट्रिय सहकारी महासंघ सकारात्मक रहेको महासंघका अध्यक्ष ओमदेवी मल्लले बताएकी छन् । उनले जिल्लास्तरीय संघहरुको अस्तित्वका विषयमा महासंघ सकारात्मक रहेको धारणा व्यक्त गरेकी हुन् । संघहरु बलियो र दिगो भए मात्र महासंघ बलियो हुने विषयमा आफू स्पष्ट रहेको महासंघका अध्यक्ष मल्लले बताइन् । उनले यस विषयमा जिल्लास्तरीय संघहरुसँग नै छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । पछिल्लो समय महासंघ बहस पैरवीमा सक्रिय भइरहेको महासंघका उपाध्यक्ष डिवि बस्नेतले बताउँदै महासंघ आफ्ना सदस्य संघहरुको मुद्दालाई लिएर अगाडि बढीरहेको जानकारी गराएका थिए । संघीय सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा सहकारीको तहगत संरचनाको स्पष्ट व्यवस्था भएको र ती संरचनाको कार्यहरु पनि स्पष्ट किटान भएकाले जिल्लास्तरीय संघहरुले डिभिजन सहकारी खारेज भएको अवस्थामा सो निकायले गर्ने कार्यको सहजिकरण गर्दै आएको संघहरुको संयुक्त विज्ञप्तीमा उल्लेख रहेको छ । जिल्लास्तरीय संघहरुले प्रारम्भिक सहकारी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिबृद्धि गरेको, सहकारीको पैसा सहकारीमा परिचालन गरेको र प्रारम्भिक संस्थालाई प्राविधिक ज्ञान हस्तान्तरण गर्नेदेखि नेतृत्व विकासमा भूमिका खेलेको विज्ञप्तीमा उल्लेख छ ।

साथै संघहरुले कोपोमिसनमा प्रारम्भिक संस्था आवद्ध रहेको संघ छनोट गर्नेमा जिल्ला तहका संरचना हटाई प्रदेश, केन्द्रीय र राष्ट्रिय सहकारी बैंकको संरचना मात्र रहेको विषयमा समेत गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । कोपोमिस प्रणालीमा जिल्ला तहको संरचना हटाउनु जस्तो गम्भिर त्रुटीलाई अविलम्ब सच्चाउन पहल गर्न समेत माग गरिएको काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ९कास्कुन०का अध्यक्ष दिपक पनेरुले बताए । जिल्ला संघले बुझाएको ज्ञापनपत्रमा ऋण तथा ब्याज असुलीमा सकस बढेकाले भाखा नाघेको ऋण बढेको अवस्थामा यस आर्थिक मसान्तको खातावन्दीमा अन्यौलको अवस्था सिर्जना भएको हुँदा सहकारी विभागमार्फत स्पष्ट मार्ग निर्देशन जारी गराउनुपर्ने समेत उल्लेख छ । त्यसैगरि सहकारी प्रवद्र्धन कोषको रकम सहकारी अभियानको प्रवद्र्धन लगानी गर्ने वातावरण सिर्जना गर्न, सहकारी ऐनमा रहेको सहकारी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरणलगायतका महत्वपूर्ण विषयहरु कार्यान्वयनमा दबाब दिन समेत महासंघलाई आग्रह गरिएको छ । सो कार्यक्रममा महासंघका संचालक टेकप्रसाद चौलागाई, काशीचन्द्र बराल, परितोष पौड्याल, सुमन नेपाल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको समेत उपस्थिति थियो । साथै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द्र लाखाजु, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायष्ठ, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कल्पना श्रेष्ठलगायतको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *