एमाले विभाजन रोक्न धेरै कोसिस गरेको थिएँ ः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । धुलिखेलमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा एमाले विभाजन रोक्न पहल गरेको स्वीकार गरेकी छन् । उनले देशका लागि सो प्रयास गरेको बताइन् । तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ । हिजो एमालेको नेता हुनुहुन्थ्यो । एमालेचाहिँ किन नमिलाको भन्ने पर्न सक्ला । कोसिस त मैले धेरै गरेको,उनले भनिन्, मैले एमालेको लागि होइन देशका लागि गरेको । जनतालाई सम्झेर, राजनीति भनेको राष्ट्रसेवा हो । यो व्यवसाय होइन । समाजसेवा, राष्ट्रसेवा हो । उनले एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको स्मरण गरिन् । उनले ०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याले राष्ट्रले ठूलो घाटा बेहोरेको बताइन् । उनले ०५४ सालमा पनि पार्टी विभाजन गर्न नहुने अडान लिएको सुनाइन् ।

आन्तरिक रूपमा समाधान गरेर अघि बढ्न आग्रह गरेको बताइन् । उनले वामदेव गौतमप्रति लक्षित गर्दै कलंकको टीका नलगाउन आग्रह गर्दा खरानी हुन तयार छु भनेको स्मरण गरिन् । पार्टी विभाजन गरेर कलंकको टीका नलगाउनुस् भनेको, खरानी हुन तयार छु भन्या । अहिले खरानी भएका छन् । सिंगो दलका नेता हुने मान्छे । भण्डारीले तत्कालीन नेकपाको विभाजनका बेलामा आफूलाई निकै चिन्ता लागेको पनि बताइन् । जहाँसम्म ०७७ को कुरा हो । त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला ? राष्ट्रपतिमा प्रस्ताव भएको बेला झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो । उनले त्यतिबेला आफूले राजनीति नगरेको समेत दाबी गरिन् । यो राजनीति होइन । यो राष्ट्रका लागि, राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्छ । एजेन्सी खेल्ने । पार्टी नफुटाउभन्दा राजनीति हुने रु मैले थाहा पाएरै गरेको हुँ, उनले भनिन् । भण्डारीले पाँच महिनामा महाधिवेशन हुन्छ भनेर पर्खन आग्रह गर्दा पनि नेताहरूले नमानेको स्मरण गरिन् । “खुट्टा समातेर ढोग्नचाहिँ सकिएन । धेरै अनुरोध गरेर भोलिका दिनमा यसरी जानुपर्छ भनेँ । तर, आफ्ना विपक्षसँग साँठगाँठ गरे । आत्मकेन्द्रित घटनाका कारण पार्टी विभाजन भएको उनको भनाइ छ । उनले गएको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गरेर देखाइदिएको बताइन् । ०७९ को निर्वाचनमा एमाले एक्लै भयो। अरु सबै एकातिर भएर पौँठेजोरी खेले ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *