एलआईसी नेपालको २२औँ साधारणसभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९।८०को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९।८०को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ । साथै चालु आव २०८०।८१को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *