प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई काट्यो पुर्जी

काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनमा ओसिन सिटौलाले चलाएको सो मार्फत गोपनीयता हनन् भएको निष्कर्ष निकालेको छ । अतिथिका रूपमा स्वस्तिमा कार्की र साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी सो विवादमा तानिएपछि काउन्सिल आफैँ अनुगमन गरेको थियो । प्रारम्भिक अनुगमनका क्रममा सो आपत्तिजनक देखाएपछि काउन्सिलले टेलिभिजनलाई पुर्जी काटेको काउन्सिलका एक सदस्यले जानकारी दिए । पुर्जीपछि काउन्सिलले अब टेलिभिजनका पदाधिकारीलाई बयानका लागि बोलाएर माफी माग्न लगाउने, सम्पादन गर्न लगाउने र कालो सूचीमा राख्ने सम्मको कारबाही गर्न सक्छ ।

कार्यक्रममा प्रस्तोताले सोधको प्रश्न र अतिथिले दिएका जवाफले कसैको वैयक्तिक जीवन एवं गोपनीयता प्रतिकूल हुने ढंगले प्रस्तुत गरेको काउन्सिलको निष्कर्ष छ । काउन्सिलको पत्रमा सोका प्रस्तुतकर्ता र अतिथिका समग्र प्रस्तुति, प्रयुक्त भाषा, लबज समेतमा प्रश्न उठाएको छ । पत्रमा कसैलाई अनुचित हानी पुर्‍याउने, अवहेलना, मानमर्दन हुने प्रकृतिको जवाफको अपेक्षा गर्दै कार्यक्रमको प्रारूप तयार गर्ने र त्यसउपर व्यक्त भएका जवाफ बिनासम्पादन सम्प्रेषण भएको विषयमा पनि प्रश्न गरिएको छ । काउन्सिलले कान्तिपुर टेलिभिजनलाई २४ घण्टाभित्र दिन जवाफ भनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *