रिद्धिसिद्धि सिमेन्टको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” छात्रवृत्ति कार्यक्रम घोषणा

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८१” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ । छात्रवृत्ति अन्तर्गत २०८० मा परीक्षा दिएर २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएर ३.५ जीपीएदेखि ४ जीपीए ल्याएका मकवानपुर जिल्लाका विद्यार्थीहरुलाई यस छात्रवृत्ति कार्यक्रमबाट लाभान्वित हुन्छन् । गत सालमा आयोजना गरिएको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इयर २०८०” छात्रवृति कार्यक्रममा ११ विद्यार्थी लाभान्वित भएका थिए ।

पछिलो वर्षको छात्रवृति कार्यक्रमको भब्य र सभ्य सफलतापछि कम्पनीले २०८१ सालमा थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरी जम्मा १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गर्ने जनाएको छ । छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई कम्पनीले एक वर्षसम्म मासिक रुपमा ५ हजार, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने छ । यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट वा फेसबुक पेजमा उल्लेखित क्यूआर कोडमा स्क्यान गरी फारम भर्न सक्नेछन् । आवेदकको फारम बुझाउने अन्तिम मिति २३ असार, २०८१ तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *