गण्डकीलाई सहाना प्रधान यू १९ भलिबलको पुरुषतर्फको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेशलाई ३ १ को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश पुरुष टिम प्रथम सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार गण्डकीले लुम्बिनीलाई फाइनल खेलमा २५ १५,२० २५, २५ २० र २५ २० ले पराजित गरेको हो ।

महिलातर्फको शनिबार नै भएको फाइनल खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ३ ० को सेटले पराजित गर्दै उपाधि जितेको छ । प्रतियोगिताको महिला र पुरुष दुबैतर्फका बिजेताले ३ लाख, उपबिजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *