नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी फरार थिए । महानगरीय प्रहरी परिसरका अनुसार झालाई नेपाल भारतको सीमा क्षेत्रबाट शुक्रबार राति गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा उपचारको लागि लगिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ पनि परेका थिए ।

यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनस् अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो । आफू पक्राउ परेपछि टोखा नगरपालिका ६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए । झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको स्रोतको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *